काठमाडौं । चीनबाट सुरु भएर अहिले विश्वभरी नै महामारीको रुप लिइरहेको कोरोना भाइरस एक्कासी दक्षिण कोरियामा फैलिएको छ । दक्षिण कोरियामा कोरोना भाइरस फैलिदाँ २५ हजार त्यहाँ रहेका नेपालीमा पनि संक्रमणको खतरा बढेर गएको छ । कतिपय त्यहाँ रहेका नेपालीले मास्क नै पाउन छाडेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
अहिले दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या दोब्बरले बढेको छ । कोरियाका सहायक स्वास्थ्यमन्त्री किम गाङ लिपका अनुसारले शुक्रबार २२९ जना संक्रमित देखिएकोमा शनिबार त्यो संख्या बढेर ४३३ पुगेको छ ।
हालसम्म कोरियामा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने बताइएको छ । दक्षिणपूर्वी शहर धेगुको अस्पताल र धार्मिक समूहहरुमा धेरै संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन् ।
कोरियामा अहिले सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको हो । झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड(१९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरेका छन् । राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएका छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।