काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औं जन्मदिन । उनले आजको दिनलाई विशेष बनाउने तयारी गरेका छन् । जन्मदिन मनाउन प्रधानमन्त्री तेह्रथुम पुग्नेछन् ।
साविक इवा गाविस २ खानीगाउँमा उनको पुख्र्यौली घर हो । राज्य पुनर्संरचनापछि आठराई गाउँपालिका ४ परेको छ । निर्धाणाधीन मध्यपहाडी राजमार्ग छोडेर उत्तर लागेपछि ४० मिनेट पैदलमा प्रधानमन्त्रीको घर पुगिन्छ । ओलीको जन्मघर परिसरमा मंसिरमा हेलिप्याड बनाइएको थियो ।
प्रधानमन्त्री ओली गाउँ आउन लागेको अवसरमा आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ ।
Comments







