अबदेखि विद्यालय अगाडी जेब्राक्रसिङ अनिवार्य गरिने भएकाे छ । सरकारले विद्यार्थीलाई सडक पार गराउँदा दुईतिर कर्मचारी राख्नैपर्ने नियम लगाउने भएको छ । विद्यार्थीको सुरक्षाका लागि बिहान विद्यालय प्रवेश गराउँदा र साँझ घर पठाउँदा सडकका दुईतिर अनिवार्य रुपमा विद्यालयका कर्मचारी बस्नुपर्ने नियम लागू गर्न लागिएको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा केही दिनअघि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो नियम लागू गर्ने बताउनुभएको हो । उहाँले स्कुलअगाडी विद्यालय आफैंले जेब्राक्रसिङको संकेत बनाउनुपर्ने बताएका छन् । यसबारे विद्यालय व्यवस्थापक तथा शैक्षिक क्षेत्रका सरोकारवालाहरुसँग मन्त्रीले छलफल गरिरहेको राजधानी दैनिककाे समाचारमा लेखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।