बलात्कार आरोपी सांसद, जसलाई यसरी पक्राउ गरेको थियो प्रहरीले

काठमाडौं । अक्कलबहादुर रावल सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् । एक विवाहित महिलाले आफूमाथि बलात्कार गरेको आरोप लगाउदै प्रहरीमा उजुरी दिएपछि अहिले उनी हिरासतमा छन् ।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ती महिलाले रावलकाविरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणी गरेको आरोप जाहेरीमा उल्लेख छ । प्रहरीले भने उनलाई हप्ता दिन पछि पक्राउ गर्यो त्यो पनि निक्कै रोमाञ्चक तरिकाले ।
प्रदेश सभा सदस्य र नेकपाका नेता भएकाले प्रहरीले सिँधै उनलाई पक्राउ गरेन । प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिने प्रयास जारी राखेको थियो । त्यहीँ क्रममा प्रहरीले उनलाई सोधपुछका लागि भन्दै बोलाएको थियो । प्रहरी स्वास्थ्य चौकीमा आएकै बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिहीबार रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ। रावल पूर्वमाओवादी केन्द्रको तर्फ बाट अछाम क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन् । रावलले भने आफू माथि लगाएको आरोप झुटो भएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।