काठमाडाैंमा होली खेल्न नपाइने

काठमाडौं । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा भएको भन्दै काठमाडौंमा होली खेल्न नपाइने भएकाे छ । काठमाडाैं बाहिर पनि हाेली नखेल्न र भिडभाड कम गर्न सरकारले अनुराेध गरेकाे छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।

बैठकले अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ ।
सरकारले काठमाण्डौमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चित कालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत गरेको छ ।

सरकारले यसअघि नै कक्षा ९ सम्मको परीक्षा ५ चैत्रसम्म सम्पन्न गर्न निर्देशन दिइसकेको छ भने भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न आग्रह गरिसकेको छ । यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि पार्टीका सभा सम्मेलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरिसकेकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।