काठमाडौं कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । अमेरिकामा पछिल्लो पटक थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने अहिलेसम्म १५९ जनामा संक्रमण देखिएको छ ।
विश्वकै शक्तिशाली देश अमेरिकामा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढीरहेको हो । कोभिड–१९ अर्थात कोरोनाका कारण अमेरिकाको क्यालिफोर्नियामा पहिलो व्यक्तिको ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरिएको छ ।
क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको थियो ।
अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ ।
कोरोनाबाट अमेरिकामा ११ काे मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा
Comments