काठमाडौं । कोरोना मान्छेबाट मान्छेमा मात्र सर्ने दाबी गरिरहेको बेला त्यो दाबी झुटो हुने गरी एउटा घटना देखा परेको छ । हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको हो । उक्त कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा संक्रमण भएको बताइएको थियो ।

हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन् । संक्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिएको साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।