काठमाडौं । स्पेनमा पहिलो पटक एक जनाको कोभिड–१९ अर्थात कोरोना भाइरसबाट ज्यान गएको छ । त्यहीँ घटनामा नेपालको पनि नाम जोडिएर आएको छ ।
१३ फेब्रुअरीमा कोरोनाबाट एक जना त्यहाँका नागरिकको निधन भएको रिजनल हेल्थ अफिसर अना बर्सेलो चिकोले पत्रकारहरुसँग पुष्टि गरेका हुन् । दलोकल डट इएसका अनुसार मृत्यु हुने पुरुषको उमेर ६९ वर्ष रहेको छ । उनको नाम कसैले पनि खुलाएका छैनन् ।

यसरी जोडियो नेपालको नाम
स्पेनमा ती व्यक्तिको कोरोनाबाट निधन भएसँगै ब्रिटिसको चर्चित अनलाइन डेलीमेलले नेपाल घुमेर फर्किएका व्यक्तिको स्पेनमा पहिलो पटक मृत्यु भनेर हेडलाइनमा नै समाचार प्रकाशित गर्यो । अर्को अंग्रेजी साइट दलोकल डट इएसले पनि मृत्यु हुने व्यक्तिले नेपाल भ्रमण गरेर फर्किएको समाचारमा उल्लेख छ ।

गत महिना नेपाल घुमेर फर्किएको भनेर डेलीमेलले जनाए पनि कुन एयरपोर्टबाट कुन देश हुँदै फर्किएकोबारे केही पनि बताएको छैन । ती समाचारहरुमा मात्र नेपालको नाम जोडिएको छ ।


नेपालमा हाल एक जनामा मात्र कोरोना भाइरस पुष्टि भएको छ ती व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । तर अन्तराष्ट्रिय अनलाइनहरुले भने हेडलाइनमा नै नेपालको नाम राखेर समाचार प्रकाशित गरिरहेका छन् । यसबारेमा नेपाल सरकार गम्भीर भएको देखिएको छैन ।
म्याड्रिडस्थित नेपाली दूतावासले सो व्यक्तिको विवरण खोज्ने जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।