पुस १८ । राजधानीको  प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा २०औं  सुबिसु क्यान इन्फो-टेक तथा सूचना प्रविधि महोत्सव आजदेखि शुरू भएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधीको क्षेत्रमा विकास र सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने मेलाको उद्देश्य लागी हरेक वर्ष  कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान)ले सूचना प्रविधि महोत्सब आयोजना गर्दै आएको छ ।
क्यान इन्फोटेकलाई विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सजस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहयोगमा मेला सञ्चालन भएको हो ।
क्यान इन्फो-टेक तथा सूचना प्रविधि  आजदेखी  पुस २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।