पिउने पानीको हाहाकार टार्न २३ करोडको योजना

धनकुटा

पुस १८ ।  धनकुटा सदरमुकामको खानेपानी संकट टार्न २३ करोडको योजना अनुसार काम अगाडी बढाइएको छ ।

त्यहाँ सन् २०१५ मार्चमा पूरा गर्ने लक्ष्यकासाथ ‘बृहत्तर दोस्रो साना सहरी खानेपानी आयोजना’ को काम थालिएको हो ।

धनकुटा नगरपालिका क्षेत्रका तीन हजार एक सय ४० घरमा खानेपानी पु¥याउन नयाँ योजना निर्माण थालिएको हो । भीरगाउँ र तांखुवा गाविसको सिमानामा रहेको तांखुवा खोलाको कात्तिकेखोप, धनकुटा नपा र भीरगाउँ गाविसको सीमा निबुवा खोलाको ओडारेमा मुहान बनाएर पानी ल्याउन लागिएको जिल्ला खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

खोलामा मुहान थापेर लिफ्टिङग प्रविधिबाट पानी तान्न लागिएको हो, पानी जम्मा गर्न धनकुटा नपाको लहरे चौतारा, निगाले र चुलीवन चार लाख ७५ हजार लिटर क्षमताका छुट्टा–छुट्टै तीन वटा ट्याङ्की निर्माण थालिएको छ ।’

खानेपानीको अभाव खेप्दै आएको धनकुटा नगरपालिकामा अहिले करिब १२ सय धारा माग आएको धनकुटा खानेपानी उपभोक्ता समितिले जनाएको छ ।

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...