काठमाडौं । कोरोना भाइरसका कारण कतारमा नेपाली जान नपाउने भएका छन् । कतार नेपालको एक प्रमुख श्रम गन्तव्य हो । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।
कतारले कोरोना संक्रमण रोकथामका लागि भन्दै चीन, इजिप्ट, भारत, इराक, इरान, लेवनान ,बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डबाट जाने यात्रुमाथि रोक लगाएको हो ।
कतारमा आइतबार मात्र ३ जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। कतारमा हालसम्म १५ जनामा संक्रमण देखिएको छ । कतार एयरवेजले यसअघि नै इटालीसँगको हवाइ उडान रोकिसकेको छ ।
Comments






