काठमाडौं । इटलीका सेना प्रमुख पनि कोरोनाको संक्रमण फेला परेको छ । निक्कै तिब्र रुपमा इटलीमा फैलिरहेको कोरोनाको संक्रमण सेना प्रमुखमा देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँ कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने क्रम तीव्र रुपमा बढीरहेको छ । कोरोनाबाट मृत्यु हुनेहरु एकैचोटि १३३ थपिएर ३६६ पुगेको छ ।
अधिकारीहरूका अनुसार इटलीमा कोरोना संक्रमितको संख्या २५ प्रतिशत बढेर ५ हजार ८८३ बाट ७ हजार ३७५ पुगेको छ।

कोरोना संक्रमण नियन्त्रणका लागि इटलीका लोम्बर्डी र १४ वटा प्रान्तका १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राखिए पनि संक्रमण बढेको बढ्यै गरेको बीबीसीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।