काठमाडौं । नेपालसहित विभिन्न देशमा गरेर अहिलेसम्म चार जना नेपालीमा कोरोनाको संक्रमण भएको पाइएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको हो । नेपालमा कोरोनाको संक्रमण देखिएका नेपालीमा भने उपचारपछि सञ्चो भएको पाइएको छ ।
यूएईमा रहेका दुई, अस्ट्रेलियामा रहेका एक र चीनबाट फर्किएका एक नेपालीलाई कोरोना संक्रमण भएको हो । यूएईमा रहेको स्वास्थ्य मन्त्रालयले हिजो सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दुई नेपालीसहित नयाँ थप १४ जनामा कोरोना संक्रमण भेटिएको हो ।
यस्तै, नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।