नेपालमा भोलिदेखि फेरि वर्षाको सम्भावना

काठमाडौं । नेपालमा फेरि वर्षा हुने सम्भावना बढेर गएको छ । पश्चिमी वायुको प्रभाव नेपालमा फेरि सुरु भएकाले वर्षा र हिमपात हुने सम्भावना बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायुबाट विकसित न्यून चापीय रेखाको प्रभाव सुरु भएको छ । बुधबारदेखि भने न्यून चापीय प्रणाली (वर्षा र हिमपात गराउने) प्रवेश गर्नेछ । अहिले यो पाकिस्तान, अफगानिस्तानमा रहेको छ ।

बुधबार विशेषगरी पश्चिमी क्षेत्रमा वर्षारहिमपात गराउने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बुधबार बेलुका काठमाडौं उपत्यकामा पनि हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।