बेइजिङ । चीनमा १ सय वर्षका एक व्यक्तिको आफ्नो हिम्मत तथा बाँच्ने इच्छाका कारण कोरोना भाइरसलाई हराएका छन् । उनी पुरै ठिक भएका छन् ।
प्राप्त जानकारीअनुसार कोरोनाबाट संक्रमित १ सय वर्षका उनी ठिक भएका छन् । यो संक्रमणबाट मुक्त पाउने उनी सबैभन्दा पाको उमेरका मानिस हुन् । उनलाई अस्पताबाट डिस्चार्ज गरिएको छ । कोरोना भाइरसका कारण उनलाई २४ फेब्रुअरीमा हुवेइको म्याटरनिटि एन्ड चाइल्ड हेल्थ केयर अस्पतालमा भर्ना गरिएका थियो । १३ दिनको जाँच तथा उपचारपछि उनलाई अस्पतालले बिदाइ गरेको हो ।
चीनमा कोरोना भाइरसका कारण ३ हजार १ सय जनाको ज्यान गइसकेको छ । कारोबार दैनिकमा प्रकाशित छ ।
Comments