काठमाडौं । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीमा इन्फेक्सनको मुख्य चुनौती देखिएको छ। उपचारमा संलग्न चिकित्सक मिर्गौला रोग विशेषज्ञ प्रा।डा। दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई इन्फेक्सन हुने भएकाले अस्पतालको बसाइ लम्ब्याइएको हो।

डा। शाहले इन्फेक्सनबाट बचाउन प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखिएको जनाइन्। यद्यपि प्रधानमन्त्री ओलीको डिस्चार्ज मिति तय भएको शिक्षण अस्पतालले जनाएको छ । प्रत्यरोपणपछि भाइटल तथा ल्याब सूचकहरु अपेक्षा अनुरुप नै सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले बताए । मिर्गौला दाता समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।