काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ । लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बुधबार बिहान प्रेसर कुकर बम विष्फोट भएको हो ।
बाँस्कोटाको निर्माणाधीन घरको कम्पाउण्डभित्र पर्खालसँगै बम राखेर विष्फोट गराएको हुनसक्ने प्रहरीले जनाएको छ भने पर्खाल भत्किएकाे छ । विष्फोटबाट बाँस्कोटाका दुई छिमेकीका घरका सिसा समेत फुटेको छ ।
कसले विष्फोट गरायो
बम विष्फोटको जिम्मा कसैले पनि लिएको छैन । तर, प्रहरीले विप्लव नेतृत्वको समुहले बम विष्फोट गराएको अनुमान गरेको छ । यसअघि ७० करोडको टेप काण्ड विवादमा बास्कोटा मुछिएका थिए । त्यसै काण्डका कारण उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसलगत्तै विप्लव समूहले विज्ञप्ति जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको थियो । त्यसैको आधारमा पनि प्रहरीले विप्लव समूहले विष्फोट गराएको अनुमान गरेको छ ।







