काठमाडौं । भारतको १२ वटा राज्यमा कोरोनाको संक्रमण फैलिएको छ । अहिलेसम्म भारतमा स्वदेशी विदेशी नागरिक गरी ७३ जनामा संक्रमण देखिएको छ ।
दिल्लीमा ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । केरलामा १७ र उत्तर प्रदेशमा १० जनामा कोरोना संक्रमित देखिएका छन् । महाराष्ट्रमा समेत ११ जनामा कोरोनाका संक्रमित देखिएका छन् । कर्नाटक ४ समेत चार जना संक्रमित देखिएका छन् । हरियानामा भने १४ जना र राजस्थानमा २ जना विदेशीमा समेत कोरोनाका संक्रमित देखिएका छन् । भारतको राजस्थान, तेलेंगना, पञ्जाव, तमिल नाडु लगायत राज्यमा समेत कोरोनाको संक्रमित फेला परेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।