काठमाडौं । भारतले विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोनाको रोकथामका लागि भन्दै विश्वका कुनै पनि मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै विभिन्न देशले विभिन्न देशमा आवतजावतमा रोक लगाइरहेका बेला छिमेकी मुलुक भारतले अहिलेसम्मकै कडा कदम चालेको हो ।
भारतले विदेशमा रहेका आफ्ना नागरिकलाई समेत भोलि (शुक्रबार) देखि मुलुक छिर्न नदिने घोषणा गरेको छ । भारतका शीर्ष मन्त्रीहरूको बुधबार बसेको बैठकपछि भारतले यस्तो ‘यात्रा निर्देशिका’ जारी गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।