पुस १७ । सल्यानमा  आज बिहान बस दुर्घटनामा परी १७  जनाको ज्यान गएको छ । हिजो काठमाडौंबाट रुकुमका लागी छुटेको लु १ ख ८२९० नम्बरको बस सल्यानको बासकाँडा ५ स्थितशारदा खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी २५ जना  घाइते भएका छन् । ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी  जनाएको छ । बाक्लो हुस्सुको कारण बस  खसेको अनुमान गरीएको छ ।
बस  सडकबाट २ सय मिटर तल  खोलामा खसेको छ ।  बस दुर्घटनापछि बस  चालक फरार  भएका छन् ।
 घटना स्थलमा स्थानिय बासिन्दा र प्रहरीले  उद्धार  कार्य जारी राखेका  छन् । अहिले सम्म मृतकको परिचय खुल्ल नसकेको प्रहरी जनाएको  छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।