पुस १७ ।मंगरबार राती ठमेलमा जति साँझ पर्दै गइरहेको थियो त्यत्ति नै रौनक युवाहरू झुम्न थाले थालीसकेका थिए ।

न्यू इयर इभ मनाउन आएका युवा युवतीहरु  मध्यरातसम्म  ठमेल क्षेत्रमा रमाइरहेका देखिन्थ्ये । सन् २०१४ लाई स्वागत गर्न नेपालको प्रमुख पर्यटकीय स्थल ठमेल मङ्गलबार रातभर रमझम भएको थियो ।

 ‘न्यू इयर इभको अवसरमा ठमेलमा  संगितमय वातावरण बनेको थियो । बिभिन्न स्थानमा  भएको कार्यक्रममा युवा युवतीहरुको बाक्लो उपस्थिती रहेको  थियो ।

न्यू इयर इभमा  बिदेशी पर्यटकहरु पनि रमाइरेहको थिए । ठमेलको नरसिहंचोक,जोपि रोड त्रिदेबीमार्ग सात धुम्ती लगाएका क्षेत्रमा स्वदेशी तथा विदेशीलेहरुको बाक्लो उपस्थिती रहेको थियो  ।

गत वर्ष भन्दा एकपटक ठमेल क्षेत्रमा मानिसहरुको भिड निकै बढेको थियो । ठमेल क्षेत्रको सञ्चयकोष अगाडी कलाकारले लाइभ प्रस्तुति  गरेका थिए । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।