काठमाडौं । काठमाडौंको किर्तिपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनका केही व्यक्तिहरुले अनेरास्ववियु निकट विद्यार्थी संगठन निकटका आधा दर्जनमाथि आक्रमण गरेका छन् ।
अनेरास्ववियुका एक नेताले गुण्डागर्दी शैलीमा आफूहरुमाथि केही पुरानाे विषयमा विवाद निकालेर आक्रमण भएको जानकारी दिए ।
किर्तिपुरको हिकास्ट कलेज नजिकै राप्रवि संघ निकटका आधा दर्जनको संख्यामा आएका व्यक्तिहरुले बिहीबार साँझ आक्रमण गरेका हुन् । आक्रमणबाट अनेरास्ववियुका चक्र वली, अविनाश ठाकुर, प्रविण महता, प्रशान्त कोइराला लगायत घाइते भएका छन् ।
घाइतेहरु सामान्य उपचारपछि घर फर्किएका छन् ।
Comments