काठमाडौं । टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले ४४ स्वास्थ्यकर्मी माग गरेको छ । कोरोना भाइरस संक्रमितको उपचार गर्ने उद्देश्यले अस्पतालले करारमा भर्ना गर्ने गरी स्वास्थ्यकर्मी माग गरेको हो ।
माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।
उनीहरुलाई अन्तर्वार्ता माध्यमबाट जागिरमा नियुक्त गरिनेछ । इच्छुक व्यक्तिहरूलाई अबको पाँच दिनभित्र आवेदन बुझाउन अस्पतालले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी माग गरको हो ।



