काठमाडौं १८ चैत । खुल्ला सिमाना र दक्षिणी विशाल क्षेत्रफल ओगटेको छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण बढ्दो छ । कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा ३२ जनाको ज्यान गइसकेको छ ।

वल्र्ड मिटर इन्फोको अनुसार अहिलेसम्म भारतमा १ एक हजार २ सय ५१ जनामा संक्रमण फैलिएको छ । जसमध्ये १ सय २ जनामा सञ्चो भएको छ भने १ हजार १ सय १७ जनाको उपचार जारी छ । विश्वभरी कोरोनाका कारण ३७ हजार ८ सय ३० को ज्यान गईसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।