रुँदै रुँदै भारततिरै फर्किए सिमामा अलपत्र परेका नेपाली, कोही भन्दै थिए-‘यही भोकै मर्न तयार छौं, भारततर्फ जान्नौं’

तस्बीरः कान्तिपुर

काठमाडौं १८ चैत । भारतमा मजदुरी तथा विभिन्न कामका लागि गएका नेपालीले विगत तीनदेखि सिमानामा आएर नेपाल आउन खोज्दा पनि नेपाल पक्षबाट लकडाउन र सिमा नाका बन्दकाे बहानामा प्रवेश गर्न नदिएपछि रुँदै रुँदै भारततर्फ गएका छन् ।

सयौं नेपाली सुनौली सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका थिए । आफ्नै भूमि जाउ भन्दै दशगजा सिमानामा सोमबार रातिदेखि उनीहरु धर्नामा बसेका थिए । भारतीय सुरक्षाकर्मीको ठूलो समूहले मंगलबार साँझ उनीहरुलाई बसमा हालेर भारततर्फ नै लगेको हो । त्यस क्रममा उनीहरुलाई भारतीय सुरक्षाकर्मीले व्यवस्थित
रुपमा क्वारेन्टाइनमा राखिने बताएका थिए ।

भारततर्फ जाने क्रममा सिमा क्षेत्रमा विरह लाग्दो दृश्य देखिएको थियो । नेपालीहरुले बरु भोकै दशगजामा नै बसेर मर्न तयार रहेको तर भारतर्फ नजाने बताएका थिए ।

उनीहरुको जति नै ठूलो ढिपी रहेपनि अन्ततः भारततर्फ जानु परेपछि नेपाल सरकारको विरुद्ध नाराबाजी समेत भएको थियो । उनीहरुले हिजो भारतमा बस्न नदिएर नेपाल आउन बाध्य बनाइएको बेदना समेत पोखेका थिए ।

भारतीय सिमामा अलपत्र नेपालीलाई देश र सरकार भएको अनुभूति दिलाउ : सांसद भुसाल


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।