फेरि भेटियो नेपालमा कोरोना, कतार एयरबाट आउने अर्की महिला संक्रमित

फाइल तस्बीर

काठमाडौं २० चैत । नेपालमा अर्की एक युवतीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ६ पुगेको जानकारी दिए ।

पछिल्लाे संक्रमित व्यक्ति चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिएका छन् । यसअघिका दुई जना संक्रमित पनि त्यहीँ विमान चढेर आएका रहेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।