दुल्लु २१ चैत । क्वारेन्टाइनमा राखिएकालाई कम्तीमा १४ दिन निगरानीमा राख्नुपर्ने सरकारी तथा कोरोनासम्बन्धी मापदण्ड भए पनि दैलेखको एक स्थानीय तहले दुई दिनमै घरमा पठाइदिएको छ । महाबु गाउँपालिका रहेको क्वारेन्टाइनमा राखिएका २१ जनालाई निगरानी राख्नु पर्ने दिन पूरा नहुँदै घरघरमा पठाइएको हो ।

क्वारेन्टाइनमा राखिएका मानिस विदेशबाट नआई आफ्नै मुलुकका विभिन्न जिल्लाबाट आएको हुँदा घरमा पठाइएको गाउँपालिका प्रमुख जंगबहादुर शाहीले बताउनु भयो । महाबुगाउँपालिकामा २९ जना भारतबाट आएको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले क्वारेन्टाइनमा राखिसकेपछि कम्तीमा मापदण्ड पूरा गर्नुपर्ने सुझाव आफूले दिएको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।