Thursday, October 22, 2026
13.6 C
Kathmandu
Home मुख्य समाचार कोरोनाका थप तीन संक्रमित भेटिएपछि धनगढीमा त्रास, बजार लगभग सबै ठप्प

कोरोनाका थप तीन संक्रमित भेटिएपछि धनगढीमा त्रास, बजार लगभग सबै ठप्प

कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ । अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ । सुदुरपश्चिममा शनिबार तीन जनामा काेराेनाकाे संक्रमण पुष्टि भएकाे थियाे ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।