कोरोना संक्रमित युवाको भाउजुमा कारोना देखियो, श्रीमतीमा देखिएन

काठमाडौं । दुबईबाट फर्किएका कोरोना संक्रमित पुरुषको परिवारमा भाउजु बाहेक अन्य सदस्यमा कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको छ । युवाकी श्रीमतीसहित ७ जनामा भने कोरोना संक्रमण नदेखिएको कान्तिपुरले अनलाइनमा समाचार प्रकाशित गरेकाे छ ।

युवकको भाउजुमा शनिबार कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई शनिबार नै सेती प्रादेशिक अस्पतालमा आइसोलेशनमा राखिएको छ ।

युवाको परिवारका ८ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट भने नेगेटिभ अर्थात कोरोना संक्रमण नदेखिएको हो ।

नेपालमा एकै पटक थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ९ पुग्यो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।