काठमाडौं बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई राहत देउ : नेता शाह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले काठमाडौं बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई राहतको व्यवस्था गर्न माग गरेका छन् ।

लकडाउनको समयमा काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्रको स्थानीयलाई मात्र राहत उपलब्ध गराउने बताएपछी मजदुरी गरेर जीवनबिताउने लाखौं देशवासी भोकै मर्ने परिस्थिति आउन सक्ने बताउदै नेता साहले तत्काल राहतप्याकेज ल्याउनमाग गरेका हुन् ।
नेकपा प्रदेश नम्बर २ काअध्यक्ष समेत रहेका नेता साहले महानगरको विभेदकारी नीतिप्रति दुख व्यक्त गर्दै संकटको घडीमा महानगर गैरजिम्मेवार भएको बताएका छन् ।

नेता साहले भने, ‘कोरोना भाइरसको महामारी रोक्नकुनै निश्चित क्षेत्र वापात्रको नभई सिंगो मुलुककै भुमिकाआ–आफ्नो ठाउँमा बराबर छ । लकडाउनलाई सफलबनाउन हर कोहीआफ्नो ठाउँमा घरमा बसेर सरकारलाई सघाईरहेका छन् । यस्तोमा काठमाडौंमा लाखौ यस्ता नागरिक छन् जो काठमाडौं बाहिरबाट आएका र दैनिकमजदुरी गरेर जीवन चलाउछन् । तर लकडाउनका कारण डेरामा बस्न बाध्य उनीहरुले काम नगर्दा भोकै बस्नुपर्ने स्थिति आएको हो ।’

‘काठमाडौं महानगरले बाहिरबाट आएका नागरिकलाई राहत उपलब्ध नगराउने कदमले उनीहरु झन मर्कामा परेका छन् । काम गरेर महानगरको अर्थतन्त्रमा बल पुर्याउने ती मजदुरहरुलाई विपद्को घडीमा महानगरपालिकाले बेघर गरेको देख्दा दुःख लागेको छ’ नेता साहले भने, ‘यस्तोमा कसैलाई पनि भोकका कारण मर्न नदिन सरकारले अविलम्ब राहतको व्यवस्था गर्न माग गर्दछु । हरेक नागरिकको ज्यानको रक्षागर्ने आफ्नो कर्तव्यको पालना गर्दै सरकारले तीमजदुर तथा अभावमा रहेका डेरावाल विद्यार्थी, गृहिणी, मजदुरलगायतका सबैलाई राहतउपलब्ध गराउनमागगर्दछु ।’

नेता साहले विपदमा स्थानीय, प्रदेश र संघीय सरकारले नागरिक बीचकुनै किसिमको विभेद नगरी सहायता गर्नुको विकल्प नभएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।