काठमाडौं १ वैशाख । नेपालमा फेरि एक जनामा कोरोना संक्रमित भेटिएका छन् । कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी पुगेको बताइएको छ । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो । तर, पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा भने उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्यको उपचार भइरहेको छ । १३ मध्ये तीन जना भने भारतीय नागगरिक रहेका छन् ।
फेरि ६५ वर्षिया वृद्धामा पनि देखियो कोरोना, नेपालमा संक्रमितको संख्या १३ पुग्यो
Comments