ठमाडौं २ वैशाख । काठमाडौंको एकै परिवारका तीन जनामा कोरोना संक्रमणको र्‍यापिड टेस्ट पोजिटिभ देखिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने ८१ वर्षीया आमा तथा ५० वर्ष आसपासका छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । सो परिवार चैत ५ गते लण्डनबाट फर्किएको थियो । अहिले उनीहरूमा कुनै लक्षण भने देखिएको छैन । स्वास्थ्य अवस्था पनि ठिक रहेको बताइएको छ ।

पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको थियो । कहिलेकाहीँ र्‍यापिड किटले शरीरमा कोरोना भाइरसविरुद्ध लड्ने एन्टिबडी देखाए पनि कोरोना भाइरस नहुन पनि सक्ने चिकित्सकहरु बताउँछन् । अमार्टमेन्टको १५ औं तल्लामा बस्ने उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालस्थित आइसोलेशनमा राखिएको छ ।

यता,  अपार्टमेन्टमा बस्ने तीन जनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर राखिएको छ । अपार्टमेन्टमा करिब पाँच सय परिवार छन् । तीमध्ये कति जना अहिले बसोबास गरिरहेका छन् भन्ने यकिन छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।