काठमाडौं २ वैशाख । काठमाडौंका थप दुई जना कोरोना संक्रमित फेला परेका छन् । सनसिटी अपार्टमेन्टमा बस्ने ३ जना मध्ये २ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
उनीहरुमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसलगत्तै उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । ५८ वर्षीय छोरा र ८१ वर्षीया आमामा पीसीआर परिक्षण गर्दा कोरोना संक्रमण रहेको पुष्टि भएपनि ५२ वर्षीया बुहारीको रिपोर्ट भने पोजिटिभ नदेखिएको र पुनः परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ, संक्रमणको कुनै लक्षण देखिएको छैन । उनीहरू चैत ४ मा कतार एयरलाइन्सको फ्लाइट नम्बर क्यूआर ६४४ बाट काठमाडौं आएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।