Sunday, July 26, 2026
Home समाचार नेकपा सर्लाही सम्पर्क मञ्चद्धारा नगरपालिकालाई औषधी र खाद्यान्न सहयोग

नेकपा सर्लाही सम्पर्क मञ्चद्धारा नगरपालिकालाई औषधी र खाद्यान्न सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाही काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष दाहालको नेतृत्वमा बिहीबार विभिन्न सात वटा नगरपालिकालाई औषधी र खाद्यान्न सहयोग गरिएको छ ।
लालबन्दी, ईश्वरपुर, हरिपुर ,बरथहवा, हरीऔन, बाग्मती र मलङ्वा नगरपालिकालाई अक्सिजन मिटर, निबुलाइजर, अटोमेटिक अक्सिजन कन्सन्ट्रेटर लगायतको मेडिकल सामग्रीसहित ३० क्वीन्टल चालम वितरण गरिएको हो ।
नेकपाका केन्द्र र जिल्लाका नेताहरु प्रल्हाद बुढाथोकी, डाचाराज वाग्ले, अच्युतम काफ्ले, रेवती पन्त, कमल बुढाथोकी, जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा प्रमुख लगायतको उपस्थितिमा वितरित उक्त सामग्री उपलब्ध गराउने सम्पर्क मञ्च, जिल्ला पार्टी सदस्य राजु थापा र समाजसेवी मनोज आचार्यको सहयोगमा स्वास्थ्य समाग्री तथा राहात हस्तान्तरण गरिएको सम्पर्क मञ्च उपाध्यक्ष राकेश थापाले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।