काठमाडौं ५ वैशाख । नेपालमा लुकेर बसेका ८ जना भारतीयमा कोरोना पोजेटिभ देखिएकाे छ । उदयपुरको मस्जिदमा लुकेर बसेका १० जना भारतीय नागरिक मध्ये ८ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो । उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो । जसमा ८ जनाको रिपोर्ट पोजेटिभ भेटिएको अन्नपूर्ण पोष्टले समाचार प्रकाशित गरेको छ । पुनः परीक्षणका लागि उनीहरुको नमूना काठमाडौं पठाइएको छ । त्यसपछि उनीहरुमा कोरोना भए नभएको पुष्टि हुनेछ ।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।