काठमाडौं ७ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २० हजार नजिक पुगेको छ । भारतमा दिनहुँ कोरोना भाइरसका संक्रमित थपिने क्रम बढेको हो । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी संक्रमण देखिएका छन् ।
भारतमा अहिलेसम्म १७ हजार ६ सय १५ जना संक्रमित भएका छन् भने अहिलेकै दरमा संक्रमित बढ्दै गए अबको ४८ घण्टाभित्र २० हजार पुग्ने देखिएको छ ।
भारतमा १७ हजार संक्रमित मध्ये झण्डै तीन हजार उपचारपछि घर फर्किएका छन् । भारतमा अहिलेसम्म साढे पाँच सयको निधन भइसकेको छ ।
Comments