काठमाडौं ८ वैशाख । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।
आज मात्र थप एक जनाका कोरोना संक्रमित फेला परेकोमा थप ८ जना संक्रमित भेटिएका हुन् ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
यस्तै, पछिल्लाे पटक पुष्टि भएकाहरूमा विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।
नेपालमा यो सँगै कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये पाँच जना सञ्चो भएर घर फर्किएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।