काठमाडौं १७ वैशाख । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली अरुको घर कसरी भाड्ने भनेर लागिपरेको आरोप लगाएका छन् ।

संयोजक मिश्रले सामाजिक सञ्जाल ट्विटरमा अरु देशका प्रधानमन्त्री हरेक मिनेटकोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेको उल्लेख गर्दै हाम्रो देशका प्रधानमन्त्री कहिले अरुको घर कसरी भाँड्ने भनेर लागेको त कहिले आफ्नै घरमा आगो लगाई अरुलाई सिध्याएर आफूचाँही कसरी बाँच्ने भनेर दुई तिहाई समय खर्च गरिहेको समेत उल्लेख गरेका छन् ।

उनले रिठ्ठाको बोट रोपेर कागति नफल्ने भन्दै व्यंग्य समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।