काठमाडौं १७ वैशाख । उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा तथा विद्यार्थी नेता दिपेश पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डले के-के दिनुपर्ने भनी प्रश्न गरेका छन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मत जाहेर गर्दै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चाहिएको भए कांग्रेसले ५ वर्ष प्रधानमन्त्री चलाउन भनेर दिएको उल्लेख गरेका छ्न । उनले पार्टी एकता आधा-आधा सरकार चलाउने लिखित सहमति भएको तथा दुई अध्यक्ष व्यवस्था गरेर पार्टी अध्यक्ष समेत दिएर प्रचण्डले त्याग गरिरहेकाेमा जाेड दिएका छन् ।

‘प्रचण्डलाई प्रधानमन्त्री चाहिएको थियो भने काङ्ग्रेसले ५ वर्ष प्रधानमन्त्री चलाउनुस् भन्ने प्रस्ताव गरे कै थियो । पार्टी एकतामा आधा आधा सरकार चलाउने लिखित सहमति भएकै थियो । त्यसबाट पनि प्रचण्ड पछि हटेर ५ वर्ष नै केपि वलीले सरकार चलाउने लिखित रुपमा दिएर सचिवालयमा औपचारिक निर्णय भएकै छ । दुनियाँमा कहि नभएको दुईअध्यक्ष व्यवस्था गरेर पार्टी अध्यक्ष पनि दिएकै छ ।’ उनले फेसबुकमा लेखेका छन् ‘अब यो भन्दा केपि वलीलाई प्रचण्डले के के दिनुपर्ने हो बुँदागत भन्नुस् त ?’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।