काठमाडौं १८ वैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पूर्व एमालेलाई एक जुट बनाएर पूर्व माओवादीलाई पाखा लगाउने योजना बनाएका छन् । उनले तत्कालको संकट टार्न बामदेव गौतमलाई कोरोनापछि प्रधानमन्त्री बनाउने र माधव नेपाललाई पनि अध्यक्ष थप्ने प्रस्ताव अघि सारेका छन् ।
प्रधानमन्त्रीको चलाखीपूर्ण प्रस्तावसँगै बुधबार बसेको सचिवालय बैठक आन्तरिक तयारी गर्नपर्ने भन्दै कुनै निष्कर्षमा नपुगी उठेको छ । प्रधानमन्त्रीको प्रस्तावसँगै वामदेव गौतम उत्साही समेत देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै वामदेव गौतमलाई राष्ट्रियसभामा जान रोकेका थिए । तर, अहिले भने उनी फेरि उत्साही बनेका छन् ।
अब २० वैशाखमा बस्ने सचिवालय बैठकले यस विषयमा निर्णय गर्नसक्ने बताइएको छ । नेकपाका २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठकको माग गरिहेका छन् । त्यस विषयमा पनि २० गतेको बैठकले निर्णय गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।