काठमाडौं १८ वैशाख । रोल्पामा बिहीबार साँझ बम विष्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको हो ।

बम बिस्फोट हुँदा १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको छ । दुई बालबालिका एकै परिवारका रहेको प्रहरीले जनाएको छ । बम कसले राखेको र कसरी विष्फोट भयो भन्नेबारे खुल्न बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।