काठमाडौं २१ वैशाख । नेपालमा आज एकैदिन १० जनामा कोरोनाको संक्रमण देखिएको छ । नेपालगन्जमा आइतबार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगञ्जमा नौं जनामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।

संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन् । उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन् । आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।