काठमाडौं १ पुस

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई कसैको ट्विटको पछाडी नदुगेर कानुनको पछि लाग्न सुझाएका छन् ।

राष्ट्रिय सभा गठनको विषयमा आयोगका एक आयुक्तले सामाजिक सञ्जाल ट्टिवरमा ट्विट गरेपछि ओलीले आक्रोशित मुद्रामा आयोगलाई ट्विटको पछि भन्दा पनि संविधानको पछाडी दगुर्न सुझाएका हुन् ।

काठमाडौंमा शनिबार बिहान एक कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभा गठनको विषय सरकार निर्माणसँग सम्बन्धित नभएको स्पष्ट पार्दै सरकार गठनमा बाधा नपुग्ने समेत बताए ।

उनले कसैलाई अहिलेको नतिजा मन नपरेको भन्दै अरुलाई चित्त नबुझेर गरिने विषय कानुन नभएको समेत बताए  ।

यो सरकारले जथाभावी नियुक्ति गरिरहेको भन्दै उनले त्यस्ता नियुक्ति नस्वीकार्ने चेतावनी समेत दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।