नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले व्यास नगरपालिकालाई रु एक लाख ११ हजार १११ प्रदान गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगरपालिकालाई उक्त रकम सहयोग गरेको हो ।
पार्टी नगर अध्यक्ष श्रीराम कार्कीले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई मङ्लबार सो रकम हस्तान्तरण गर्दै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सिङ्गो पार्टी नगरपालिकाको साथमा रहेको बताए ।
नगरप्रमुख न्यौपानेले नगरपालिकाको अभियानमा साथ दिएकामा नेकपाप्रति आभार व्यक्त गरे । बन्दीपुर गाउँपालिकाले खडा गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । उक्त कोषमा नेकपा बन्दीपुर गाउँ कमिटीले रु एक लाख ५१ हजार र काँग्रेस बन्दीपुर गाउँ समितिले र एक लाख ५४ हजार सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । साथै नेकपा बन्दीपुर कमिटीले गाउँपालिकालाई रु एक लाख बराबरको खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ ।