काठमाडौं २७ वैशाख । अबदेखि काठमाडौं उपत्यकामा टाइम कार्डका आधारमा मात्र सवारी चलाउन पाइने भएको छ ।

उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी प्रमुख, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको शुक्रबार बसेको बैठकले उपत्यकामा टाइम कार्ड लागू गरेको हो ।

आइतबारदेखि सरकारी कार्यालयका कर्मचारीहरू बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्कने समय तोकिएको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूका लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म गइसक्नुपर्ने र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बोकेका सवारी साधन सामान्यतया बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्नेछ । निर्माण सामग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउने समय तोकिएको छ । औषधी, खानेपानी बोकेका सवारी साधनका लागि भने जुनसुकै समय खुल्ला गरिएको छ ।

पास भएका सवारी साधनहरु दिउँसो सञ्चालन गर्न पाइने भएपछि सही प्रयोजनका लागि मात्र सञ्चालन गर्नुपर्नेछ नत्र उनीहरुको पास जफत हुने प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।