प्रधानमन्त्रीसँग देउवाले भने, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो’

काठमाडौं ३१ वैशाख । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिमाथिको भारतीय अतिक्रमण ठाडै अस्वीकार्य हुने बताएका छन् ।

सभापति देउवाले महाकाली नदी पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालको भएको समेत स्पष्ट पारेका छन् ।

केपी शर्मा ओलीसँगको सर्वदलिय छलफलमा सभापति देउवाले भारतीय सेना रहेको कालापानी लगायतका भूमि नेपालको रहेकाले त्यहाँबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने, सिमानाको नदी महाकाली पूर्वका हाम्रा सबै भू–भाग फिर्ता गर्न सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने बताएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • Comments are closed.