काठमाडौं १ जेठ । मंगलबार र बुधबार दुई दिन खुलेको सेयर बजार पुनः बन्द भएको छ । अब लकडाउन भरी नखोलिने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ । सोही निर्देशनअनुसार आजदेखि सेयर बजार बन्द हुनेछ ।
अहिलेका लागि सरकारले गरेको लकडाउनको अवधिसम्मका लागि दोस्रो सेयर कारोबार बन्द गर्ने निर्णय भएको सेबोनले जनाएको छ ।
सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुदै आएको थियो । लकडाउनका समयमा २ घण्टाका लागि बजार खोलिएको थियो । दुबै देखि २/२ प्रतिशतका दरले बजार घटेपछि ऋणात्मक सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द भएको थियो ।
Comments