काठमाडौं २ जेठ । नेपालमा शुक्रबार बिहान थप ९ जनाको कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा
८ जना संक्रमित भेटिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

यी समाचार पढ्न छुटाउनु भयो की

काठमाडौंमा ७ वर्षिय बालकमा कोरोना पुष्टि

शिक्षण अस्पतालमा सर्जरी गराउने तयारी गरिएकी ६ वर्षीया बालिकामा कोरोना

भारतबाट लुक्दै चितवन आएका नवलपरासीका पुरुषमा पनि देखियो कोरोना

भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी

को हुन् काठमाडौंकी ३३ वर्षीया कोरोना संक्रमित महिला

भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता

यसरी सर्छ कोरोना, कोरोनाबाट बच्न सकिने टिप्ससहित (भिडियाे)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।