भक्तपुरमा नर्सलाई पनि कोरोना पुष्टि, सुनसरीबाट आएकी थिइन् उनी



काठमाडौं ३१ वैशाख । भक्तपुरमा एक जना नर्समा पनि कोरोना भाइरस पुष्टि भएको छ । २५ वर्षीया उनी सुनसरीबाट मोटरसाइकलमा आएको पाइएको छ ।

भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आइ बसेकी थिइन् । साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स रहेकाे बताइएकाे छ । साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

मंगलबार (३० वैशाख) मा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये भक्तपुरमा दुई जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा एक जना पूर्व गृहमन्त्री भिम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरी रहेको खुलेको छ । तर उनी महिना दिनदेखि बिदामा रहेको पाइएको छ ।

यता, भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।