भिम रावलका सुरक्षाकर्मीलाई कोरोना ! यस्तो छ वास्तविकता



काठमाडौं ३१ वैशाख । नेपालमा मंगलबार एकैदिन नेपालमा ८३ जनालाई कोरोना संक्रमणको पुष्टि भयो । त्यसमा भक्तपुरका दुई जना र काठमाडौंका एक जना समेत परेका छन् ।

जसमध्ये पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई समेत कोरोना संक्रमण भएको पाइएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

२७ वर्षीय जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायी रुपमा बस्दै आएको बताइएको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको बताइएकाे छ ।

भिम रावल निकट स्रोतले भने संक्रमित भनिएका जवान केही समय मात्र सुरक्षामा खटिएको जनाएकाे छ । रावल निकटले उनी केही समय सुरक्षामा खटिएपनि लामो समयदेखि घरमा श्रीमती बिरामी भएकाले १ महिनादेखि श्रीमतीको उपचारमा रहेको जनाएको छ ।

रावलको सुरक्षामा खटिएका कसैलाई पनि कोरोना संक्रमण नभएको र सांसदहरुको कोरोना परीक्षण गर्दा रावलमा पनि नेगेटिभ आएको समेत उनी निकटले स्पष्ट पारेका छन् ।